बेँसीशहर (रासस)- लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्।
मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।
बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।
मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए । त्यसअघि २०० भन्दा बढीले मतदान गरिसकेको जनाइएको छ । न्यौपानेले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ ।
सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको छ । सो मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृतलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।
मतदान केन्द्रमा विवाद भएपछि दुई घण्टाभन्दा बढी मतदान रोकिएको थियो। १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको लमजुङमा अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives