पोखरा, ४ माघ। प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटामा शुरु भएको आन्दोलनका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।
हिजो धनकुटाबासिले आकस्मिक रुपमा जिल्ला बन्द समेत गरेका थिए भने आज बिहानैदेखि प्रदर्शन गरेका थिए। आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुदाँ ३ जना घाइते भएका छन् ।
आन्दोलनकारीले आज प्रशासन कार्यालयमा आगजनी गरेका छन्। जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुको साथै लाठी चार्ज समेत गरेको छ । प्रहरीका अनुसार, अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो