पोखरा, ८ माघ। नेपाल तरुण दलले माघ २८ र २९ गते जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार, जिल्ला अध्यक्षहरुसँग छलफल तथा प्रशिक्षणका लागि भेला गर्न लागिएको हो। भेला भक्तपूरको नगरकोटमा हुनेछ।
भेलामा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावपछिको अवस्थाका बारेमा समीक्षा गरिने छ।
त्यस्तै, समसामयिक राजनीति, संगठन सुदृढिकरण र भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ।
पोखरा महाधिवेशन भएको लामो समयसम्म पनि केन्द्रीय समिति गठन गर्न हुनसकेको छैन
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै