पोखरा, २१ माघ । युवा ज्योतिष हरिहर अधिकारी अष्ट्रेलियाको क्वीन्स ल्याण्ड ईन्टरनेश्नल इन्ष्टिच्यूटकोे एम्बेसडरमा नियुक्त भएका छन् ।
इन्ष्टिच्यूटले गरेको विशेष कार्यक्रमबीच उनलाई नियुक्त गरिएको हो । कलेजको एम्बेसडरमा नेपालबाट नियुक्त हुनेमा अधिकारी एक भाग्यशाली युवाका रुपमा लिइएको छ ।
नेपालका युवा ज्योतिष अधिकारी नियुक्त भएसंगै देश विदेशबाट शुभकामना आउने क्रम जारी छ ।
कार्यक्रममा युवा नेता विजय सापकोटा, एनआरएन अष्ट्रेलियाका महांसचिव नारायण कोईराला, युवा व्यवसायी रोशन घिमिरे, विजय सापकोटाका सहयोगी श्रीलंकाका कसुङ कलाहारा पनि उपस्थित थिए।
व्रिसबेन राज्यमा हरिहर अझै तीन दिन बस्ने छन्। कुन्डली हेर्न तथा उनलाई भेट्न चाहनेले सहज रुपमा भेट्न पाउने व्यवस्था मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै