पोखरा, ९ फागुन । गुन्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन र उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र सहयोगीे सोम आलेको मृत्यु भएको हो ।
उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो। कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए ।
मनोज पुन
घाइते उनीहरुलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा पु¥याइएकोमा अस्पतालले दुवै जनालाई मृतक घोषित गरेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । बुधबार बिहान ३ः३० बजे उनीहरुको मृत्यु भएको हो ।
विभिन्न अपराधिक घटनाहरुमा पुनको समूहको संलग्नता रहदै आएपछि प्रहरीले खोजी तिव्र पारेको थियो ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, रुपन्देहीकै व्यवसायी बसन्त पौडेल र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पुनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२र६३ को परिवर्तनपछि शुरु भएको हो । पछिल्लो समयमा तीन ठ्रला हत्याकाण्डका नाइके पुन भारतमा लुकेर बस्दै आएका थिए।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो