पोखरा, ११ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीको आयोजनामा फाल्गुण पूर्णिमा मेला–२०७४ हुने भएको छ।
स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा हुने मेला फागुन १७ देखि २१ गते सम्म चल्ने छ।
खेलकुदको पहुँचबाट बन्चित युवाहरुलाई विभिन्न खेलकुदमा संलग्न गराउँदै अन्तरनिहीत क्षमता प्रस्फुटन गराउनुको साथै साँस्कृतिक संरक्षण र प्रवद्र्धनमा युवाहरुको ध्यान केन्द्रीत गराउन मेला अयोजना गरिएको वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए।
मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने लगायतका प्रतियोगिता समावेश गरिएको संयोजक टेकबहादुर गुरुङले बताए।
पुरुष भलिबल तर्फ प्रदेश नं. ४ मा रहेका गाँउपालिका अन्तर्गत वडा स्तरीय र महिला भलिबल क्लब स्तरीय गरिएको गुरुङले जानकारी दिए। उनका अनुसार, प्रतियोगितामा एक वडा बाट दुई टिमसम्म सहभागि हुन पाउने छन्।
प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम हुने टिमलाई एक लाख एक सय ११, दोस्रो हुनेलाई ५० हजार पाँच सय पाँच, तेस्रो हुनेलाई २० हजार दुई सय २० सहित प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिनेछ।
महिला भलिबल तर्फ प्रथम हुनेलाई २१ हजार एक सय २१, दोस्रो हुनेलाई ११ हजार एक सय ११ सहित प्रमाणपत्र, मेडल र शिल्ड व्यवस्था गरिएको छ।
त्यस्तै, छेलो हान्ने तर्फ प्रथम र द्वितियलाई फेता, भाङ्ग्रा र प्रमाणपत्र तथा रसि तान्नेमा प्रथम हुनेलाई जंगी भाले सहित प्रमाणपत्र र दोस्रो हुनेलाई भाले सहित प्रमाणपत्र दिइने वीरेठाँटी युवा परिवारका सचिव अतित गुरुङले जानकारी दिए।
मेलाको आकर्षणका रुपमा ख्यातीप्राप्त कलाकारहरुको लोकदोहोरी तथा विविध साँस्कृतिक कार्यक्रम र चर्चित हाँस्य कलाकारको मनोरञ्जनात्मक कार्यक्रम रहने छ।
मेला सम्पन्न गर्नका लागि करिब १६ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न