पोखरा, ८ चैत । रोजगारी गर्न कोरिया जाने नेपालीलाई भाषा परीक्षा (इपिएस)का लागि बिहीबारदेखि आवेदन खुला गरिएको छ ।
इपिएस परीक्षामा सामेल हुन चाहनेले चैत १८ गतेसम्म आवेदन दिइ सक्नु पर्ने छ। भाषा परीक्षाका लागि १८ वर्ष पुरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ ।
आवेदन शुल्क ग्लोबल आइएमइ बैंकबाट जम्मा गराउनु पर्ने भएकाले ती बैंकका शाखा कार्यालयहरुमा बिहानैदेखि भिड लागेको छ। पोखरा पनि आवेदन शुल्क जम्मा गर्न बिहानैदेखि भिड छ।
यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ। भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ ।
आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले पोखराबाट र अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।
केहि वर्षयता देखि नेपालमा इपिएस परीक्षा लिएर उतिर्ण भएकाले रोजगारीका लागि कोरिया पठाउने गरिएको छ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै