पोखरा, ११ साउन । कास्की काँग्रेसले साउन १५ मा पोखरामा गर्न लागेको सरकारको अधिनायकवाद विरुद्वको प्रदर्शनलाई लक्षित गरी पोखरा – १० मा भेला, छलफल र बैठक भएको छ ।
पोखरा महानगरपालिका भित्रका सवै वडामा आन्दोलन तयारी स्वरुप भेला, छलफल र बैठक गर्ने कास्की काँग्रेसको निर्णय अनुसार पोखरा – १० मा पनि भएको हो ।
कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलको विशेष उपस्थितिमा ती कार्यक्रम भएका हुन् । सो वडामा कास्की काँग्रेसले सिग्देललाई आन्दोलन तयारीका लागि प्रतिनिधि खटाएको थियो ।
वडा इकाइ समिति सहित भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी भेलाले वडाबाट प्रदर्शनमा उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको छ ।
भेलामा जिल्ला सदस्य नवीन सिग्देलले साउन १५ को प्रदर्शनका लागि व्यापक तयारीमा जुट्न आग्रह गरे ।
सरकारले जनताका लागि नभई आफ्ना लागि मात्रै सोच्दा जनता निराश छन् उनले भने – ‘सरकारका कारण जनताको दैनिकी अस्तव्यस्त बनिरहदाँ हामी चुप रहन सक्दैनौं।’
नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा – १० का सभापति राजेश गुरुङको अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य अनिता तिमिल्सिना, सचिवद्वय सम्मरबहादुर श्रेष्ठ, निर्मला कार्की भण्डारी र सहसचिव नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार, पार्टीले साउन १५ मा ७७ जिल्ला कै सदरमुकाममा प्रदर्शन गर्दैछ ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives