पोखरा, ३१ वैशाख । नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालिन कालिका गाविसको प्रधानपञ्च भएका थिए ।
साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र विस्तारमा योगदान गरेका छन् । राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा पनि उनको उल्लेख्य योगदान रहेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए । उनले समाजमा निष्ठावान र त्यागि व्यक्तिको पहिचान बनाएका थिए ।
उनका तीन छोरा र तीन छोरी छन् । किर्तिवल्लभ त्रिपाठी, विष्णुप्रसाद त्रिपाठी र शिवप्रसाद त्रिपाठी तीन छोरामध्य किर्तिवल्लभ पर्यटन क्षेत्रसँग आवद्व छन् ।
सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्वन्धित पुस्तक प्रकाशित गर्ने तयारी भएपनि लकडाउनका लागि स्थगित भएको थियो ।
पछि कुनै कार्यक्रम गरी पुस्तक विमोचन गरिने कालिका गाविसका पूर्व सभापति भानु ढकालले बताए ।
स्व. त्रिपाठीको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व सभापति यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बृजमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, व्यवसायी, सामाजिक कार्यकर्ता र आफन्तको सहभागिता थियो ।
यसैबीच, नेपाली काँग्रेस कास्कीले अगुवा नेता राजेन्द्रप्रसाद त्रिपाठी र सार्दीखोलाका क्रियाशील सदस्य प्रेमबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।
तामाङ २०४९ सालको स्थानीय निर्वाचनमा साविक सार्दीखोला गाविस वडा नं ५ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
कास्की काँग्रेसले त्रिपाठी र तामाङको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives