काँग्रेस नेतृ आचार्य राहत लिएर भरतपोखरीमा

राष्ट्र न्यूज सम्वाददाता
असार २८, २०७७
bharatpokhari 2

पोखरा, २८ असार । नेपाली काँग्रेसकी नेतृ, सामाजिक अभियन्ता रङ्गिला आचार्यले पोखरामा शनिवार ४१ जनालाई राहत वितरण गरेकी छन् ।

पोखरा ३३ भरतपोखरीको मनियल डाडा, वर पौवा, भज्याङ, आपु कसेरी, लामगादीमा ४१ जनालाई खाद्यान्न तथा नगद वितरण गरेको नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक दिनेश आचार्यले जानकारी दिए ।

कोरोना संक्रमणपछिको लामो समयको लकडाउनका कारण त्यसक्षेत्रका बासिन्दा समस्यामा परेको जानकारी पाएपछि उनी सहयोग गर्न पुगेकी हुन् । नेतृ आचार्यले जनताका दुःख र सुखमा साथ दिनु आफ्नो कर्तव्य भएको उल्लेख गरिन् । नेतृ आचार्य लकडाउनपछि प्रभावित बनेकालाई सहयोग गर्न जुटिरहेकी छन् ।

विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देल, नेपाल तरुण दल कास्कीका कोषाध्यक्ष जीवन बास्तोला, पोखरा ३३ संयोजक रामचन्द्र पौडेल, सहसंयोजक दिनेश आचार्य, नेपाल महिला संघ पोखरा ३३ सभापति दुर्गा केसी, स्थानीय नेता चेतबहादुर महतले बोलेका थिए ।

यसअघि नेतृ आचार्यले पोखरा २१ मा एक सय, पोखरा १७ मा ४२ र पोखरा ७ मा २२ र ४० जना यातायात मजदुरलाई खाद्यान्न वितरण गरेकी थिइन्। त्यस्तै, पोखराका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री पनि सहयोग गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै