पोखरा, ११ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की काँग्रेसले एक्यवद्वता जनाएको छ ।
विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विगत चार दिनदेखि विद्यार्थी नेता अनशन बसिरहेका छन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्वता जनाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा राजीव भण्डारी, फिरोज सुवेदी र दिपेन्द्र गौतम अनसनमा सहभागि थिए ।
विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन् ।
अनसनप्रति एक्यवद्वता जनाउँदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले विद्यार्थीको मागप्रति बेवास्ता गरे अवस्था गम्भिर आउन सक्ने चेतावनी दिए ।
पूर्व मन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने सामान्य काम पनि नगरेको बताए । उनले तत्काल विद्यार्थीको माग सम्वोधन गर्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न