विधिपूर्वक भर्नाको नाटक गर्न सूचना निकालिएकोभन्दै आपत्ती

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३०, २०७७
30

पोखरा, ३० साउन ।सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकी प्रदेशले पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा पूर्वनिर्धारित उम्मेद्वार भर्ना गर्न आवश्यकता सम्वन्धी सूचना निकालेको भन्दै त्यसको विरोध गरेको छ ।

आफ्ना निश्चित मान्छेलाई विधिपूर्वक भर्ना गरेको नाटक गर्न आवश्यकता सम्वन्धी सूचना निकालिएको ठहर गरेको छ ।

सचिव सन्तोष जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दरखास्त दिन छोटो समय राखिएको र सहज आवतजावत गर्न नसक्ने अवस्थामा सूचना निकालिएको भन्दै निन्दा गरिएको छ ।

विज्ञप्तिमा आफ्नै आन्तरिक व्यवस्थापनका कारण कमजोरीका घटना दिनहुँ सार्वजनिक भैरहेको र आम जनमानसलाई उचित जवाफ दिन नसकिरहेको अवस्थामा फेरी आफ्ना निश्चित मान्छेहरुलाई विधिपूर्वक भर्ना गरेको नाटक गर्न खुलाईएको आवश्यकता आफैमा निन्दनीय भएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै