पोखरा, २० भदौं । पोखरा महानगरपालिकामा राजश्व सम्वन्धी अनियमितताका विषयमा पोखरा महानगरपालिकालाई विभिन्न समयमा पटक÷पटक विभिन्न पार्टी तथा नागरिक समाजकोतर्फबाट ध्यानाकर्षण गराइएको थियो ।
पार्टी तथा नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउँदै बुझाइएका ज्ञापनपत्र सहज बुझ्ने र अनियमितताका विषयमा छानविन गर्ने प्रतिवद्वता सार्वजनिक भै रहेको थियो । तर यतिबेला सोही विषय निकै चर्चामा रहेको छ । सोही विषयलाई लिएर के भएको छ त हेरौ जस्ताको तस्तै
पोखरा महानगरपालिकाका लेखा लेखा उपसचिव जयराम पौडेलले फेसबुकमा लेखेको स्टाटसको अंश
भ्रष्टाचार विरुद्धको यो अभियानमा मलाई साथ दिनु हुने सबै मेरा समर्थक प्रति म हार्दिक आभार व्यक्त गर्दछु र ममाथि तपाईहरुले राख्नु भएको विश्वासलाई म कदापि डग्न दिने छैन ।
महानगरमा विद्यमान वेथिति, अनियमितता ,भ्रष्टाचार र कुशासनका विरुद्ध म अझै सशक्त भएर लड्ने वाचा समेत गर्दछु ।
राज्यको चौथो अंग मानिने पत्रकारहरुलाई कसैको चरित्रमा प्रश्न उठ्ने समाचार संम्प्रेषण गर्दा कसैले भनेको अडियोको आधारमा हैन तथ्य र प्रमाणको आधारमा मात्रै समाचार लेख्न अनुरोध गर्दछु ।
गणेश पाण्डे र मेरो चरित्र हत्या हुनेगरि प्रकाशित समाचारको कारण भएको नैतिक क्षतिको क्षतिपूर्तिको समेत माग गर्दछु ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै