पोखरा, १८ असोज । पोखरा १३ मियापाटनका ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टी सदस्यता प्रदान गरेको नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ‘माइला’ले जानकारी दिए ।
नेपाली काँग्रेस मात्रै भरोसा गर्न लायक पार्टी भएको भन्दै उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा कास्की काँग्रेसका पूर्वसभापति यज्ञबहादुर थापाले मियापाटनको मुहान काँग्रेस बनेको उल्लेख गरे ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले लोकतन्त्रको पक्षमा उभिनेको भविष्य उज्ज्वल रहेको बताए ।
नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले युवाको जोश र जागर पार्टीका लागि आवश्यक रहेको बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, प्रदेश सभापति कृष्ण कोइराला, नेता प्रकाशमोहन खनाल, मादी गाउँपालिका सभापति देवीजङ् गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, प्रवत्ता नवीन सिग्देल, पोखरा १३ वडा कार्यसमिति सभापति विष्णु बराल, नेता अब्दुल रहिम मिया, सराफल अली, नवप्रवेशी साजिद अलीले बोलेका थिए ।
नेपाल तरुण दल पोखरा १३ का सभापति निर्मल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति दीपक गुरुङ‘माइला’ले स्वागत र सचिव भुवन बरालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै