पोखरा, २३ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ ।
पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।
बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनलाई भव्य बनाउनका लागि तयारीमा जुट्न निर्देशन दिए ।
नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको थियो।
पोखराको वीपी चोकबाट शुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परीणत हुने प्रवत्ता सिग्देलले बताए ।
काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।
कास्की काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न