लायन्स क्लबको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७७
donation 2

पोखरा, २७ मंसिर । लायन्स क्लब अफ पोखरा पिस प्याराडाइज र लायन्स क्लब अफ पोखरा पिस होमले संयुक्त रुपमा पोखरामा खुल्ला रक्तदान गरेको छ ।

पोखराको नयाँ बजारमा आयोजित रक्तदानमा  ५३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी बास्तोलाले जानकारी दिइन् ।

कोरोना महामारीसँगै रगत अभाव सृजना भइरहेका बेला रगत अभाव कम गर्ने उद्देश्यले रक्तदान गरिएको हो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

लायन्स क्लबका डिष्ट्रिक गभर्नर मनबहादुर रोकाहाको विशेष उपस्थितिमा भएको कार्यक्रममा लायन्स क्लब २३५ बी वान नेपालका प्रथम उपाध्यक्ष विशेश्वर आचार्य, रक्तदान डिपार्टमेण्ट चिफ बालाकृष्ण शर्मा, क्लष्टर चिफ पवित्रराज तिवारी, रिजन चेयर पर्सन विष्णुप्रसाद ढुङ्गाना, जोन चेयर पर्सन विष्णु चापागाई लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस प्याराडाइजका अध्यक्ष सन्तोषमणि लामिछाने र लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष लक्ष्मी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव पूर्ण कँडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै