पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाले बुधबार पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरिएको छ ।
सोमबार जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता गरिएको थियो । स्थापना दिवसमा महानगरपालिकाले मातहतका कार्यालयहरुमा बुधबार सार्वजनिक बिदा समेत दिएको थियो ।
पोखरा २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते महाशिवरात्रि परेकाले पोखरा महानगरले २६ गते नै स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले धेरै काम गरेपनि प्रचार नभएको बताए ।आफनै पार्टीबाट असहयोग भएका कारण भएका कामको प्रचार नभएको उनको भनाइ थियो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट शहर बनाउने गरी काम भैरहेको बताउदै निर्वाचनमा जनताकाबीचमा गरेका बाचा केही पूरा भएको र केही अबको बाँकी अवधिमा पुरा हुने बताए ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सुन्दर शहर भएको बताउदै पोखलाई समृद्ध बनाउन जनप्रतिनिधि र कर्मचारीले आआफनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् ।
त्यस अवसरमा महानगरका प्रवत्ता धनबहादुर नेपाली, सचेतकद्धय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, कर्मचारीका नेताहरु अमिर भण्डारी, शिव बराल, नेत्र तिमिल्सिनाले बोलेका थिए ।
कार्यक्रममा महानगरमा लामो समय सेवा गरेका १३ कर्मचारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो ः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
Archives
Archives