नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास ,७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

रासस
चैत्र ५, २०७७
Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

उदयपुर, ५ चैत (रासस) । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

गलकोट ः अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले  बताए।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग