पोखरा, ५ चैत । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा बिहीबार पोखराको पृथ्वीनारायण क्याम्पसस्थित नेपाली विभागलाई पुस्तक सहयोग गरिएको छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीले विभागका लागि आवश्यक नेपाली साहित्यसँग सम्वन्धित पुस्तक सहयोग गरेको हो ।
फाउण्डेशन गण्डकी प्रदेश अध्यक्ष शारदा पौडेल, कास्की जिज्ला अध्यक्ष यादवराज अधिकारी, क्षेत्रीय संयोजक बसन्त चालिसे, जिल्ला सदस्य विरेन्द्रनारायण बिजुक्छेले नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेलाई पुस्तक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विभागका प्रमुख प्रा.डा न्यौपानेले विभागमा पुस्तकालय निर्माण अभियान शुरु गरिएको बताए । उनले विभिन्न क्षेत्रबाट विभागलाई प्राप्त पुस्तकबाट पुस्तकालय निर्माण गरिने उल्लेख गरे ।
फाउण्डेशनका क्षेत्रीय अध्यक्ष चालिसेले फाउण्डेशनले सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकता दिएको बताए ।
Related News
सम्बन्धित समाचार
मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी
प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ ः मुख्यमन्त्री पाण्डे
विकासप्रेमी नेता खड्कालाई पोखरामा नागरिक अभिनन्दन
पोखरामा एकादशी महात्म्य प्रवचन
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
Archives
Archives