नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुग्यो
राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७७
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुग्यो
राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७७
काठमाडौँ, १४ फागुन (रासस)।पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।
गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेशनमा छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives