काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ ।
यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्।।
उनका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives