मकवानपुरमा सभा, सम्मेलन, जुलुुस, ¥याली गर्न रोक

रासस
चैत्र १०, २०७७
makawanpur-cdo-office

वाग्मती १०, चैत (रासस)। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला ,जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।

साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग