काठमाडौँ, १७ वैशाख (रासस) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ ।
आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो ।
सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्नुहुने बताइएको छ ।
मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो