काठमाडौँ, १७ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज जारी गर्नुभएको ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन अपिल गरिएको छ ।
सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलाका साबुन पानीले हात धुने सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ ।
सङ्क्रमणबाट प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको अपिलमा उल्लेख छ ।
“कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तारिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्णरुपमा नगर्नु, नगराउनु हुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भीडभाड गर्ने काम बन्द गर्ने गराउने काम गर्न अन्यन्त जरुरी छ”, अपिलमा भनिएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives