कोरोनाबाट पोखरामा पाँच जनाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७८
corona 2

पोखरा, १९ वैशाख । पछिल्लो पटक कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु भएको छ ।

पोखरा–१६ का ७७ वर्षीय पुरुष, ७३ वर्षीया महिला, पोखरा–२६ की ५८ वर्षीया महिला, पोखरा–१० की महिला र पोखरा–१९ का ५४ वर्षीय पुरुषको कोरोनका कारण मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशलनाय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले केही बेर अघि प्रकाशित गरेको विज्ञप्तिका अनुसार, पछिल्लो पटक पोखराका पाँचसहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग