यस्तो हुँदैछ लुम्बिनी प्रदेशमा

रासस
वैशाख १९, २०७८
lumbini provience

बुटवल, १९ वैशाख (रासस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् ।

उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्नुभयो ।

कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको  छ । विपक्षी गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टी छन् ।

‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो’, खाँनले भन्नुभयो ।

यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निवाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी(बर्दघाट सुस्तापश्चिम)का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् ।

उता दाङको २ (ख) बाट निर्वाचित विमला खत्रीले आज पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकमा माओवादी केन्द्रमा लागेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै