ओखलढुङ्गा, २८ वैशाख (रासस) ।ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् ।
सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् ।
गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।
दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी
प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ ः मुख्यमन्त्री पाण्डे
विकासप्रेमी नेता खड्कालाई पोखरामा नागरिक अभिनन्दन
पोखरामा एकादशी महात्म्य प्रवचन
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
Archives
Archives