अब पोखराको फिष्टेल ऐकेडेमीमा अन्तर्राष्ट्रिय शिक्षा

राष्ट्र न्यूज सम्वाददाता
जेठ १, २०७८
fishtail academy top view

पोखरा, १ जेठ । मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ । मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा विदेशबाट समेत चिकित्सा विज्ञान अध्ययन गर्न आउँछन् । एउटा अभाव थियो अन्तर्राष्ट्रियस्तरको विद्यालय । अब त्यो अभाव पनि पूरा गरेको छ फिस्टेल एकेडेमीले ।

गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ । त्यसो त गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा नाम दर्ज गरिसकेको छ फिस्टेल एकेडेमीले । फिस्टेलका संस्थापक निर्देशक चिनु रानाभाटलाई यतिले चित्त बुझेन ।

विद्यालयस्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न शहरमा जाने गरेको देख्दै आउनुभएको थियो । मनमा प्रश्न उठ्थ्यो, यी विद्यार्थीलाई पोखरामा रोक्न सकिँदैन र ? अनि अन्य शहरका बालबालिकालाई पोखरा तान्न सकिँदैन र ? भन्नुहुन्छ, ‘विकसित मुलुकहरुका विद्यालय हेर्ने मौका पाएँ, त्यहाँका विद्यालयका तुलनामा हामीले केही गरेकै रहेनछौं, मलाइ तिनै स्कूलको अनुशरण गर्न मन लाग्यो ।’ १५ वर्ष अगाडि नै किनेको जग्गा थियो । त्यही जग्गामा अहिले १ अर्ब लगानी गरेर भौतिक र अन्य संरचना निर्माण भइरहेको छ ।

माछापुच्छ«ेजस्तै उचाइ बनाएको फिस्टेललाई अझै उँचो बनाउने सोच पलायो । उहाँको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक शत्रसँगै अब उहाँले नयाँ अवधारणासहित सञ्चालन गर्दै हुनुहुन्छ फिस्टेल एकेडेमीलाई ? उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीको यो परिवेशमा स्तरीय शिक्षाका लागि अब पोखरा छाड्नुपर्ने वाध्यताको अन्त्य गर्दै अभिभावकको अपेक्षालाई संवोधन गर्ने विश्वास म दिलाउँछु ।’

सरकारी तवरबाट निर्धारित कोर्ष त पढाइ हुन्छ नै । तर विद्यार्थीका लागि त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई जीवनोयोगी ज्ञान चाहिन्छ । अनि कतिपय विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि उसले अवसर खोजिरहेको छ । यसका लागि कुनै पनि कसर राखिदैन भन्नुहुन्छ संस्थापक निर्देशक रानाभाट । उहाँले भन्नुभयोे, ‘आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न हामी सदैव प्रयासरत रहन्छौं ।’

फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ । सक्षम तथा तालिमप्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताउनुभयो ।

‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तवरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक कर्मचारी र सोही अनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उहाँले भन्नुभयो । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उहाँको भनाइ छ ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावट मात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत सञ्चालन गर्न सकिन्छ ।
वातानुकुल र फराकिला कोठा छन् । जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्ष र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी अलग्गै छ ।

अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधा सम्पन्न हल समेत बनाइएको रानाभाटले बताउनुभयो । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउनेक्रममा छ । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ ।

गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।

फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अगाडिको लाइनमा पर्छ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेत रहनेछ ।

ठूला भवन र कोठा मात्र होइन, स्वच्छ वातावरणका लागि खुला ठाउँ पनि चाहिन्छ । यसका लागि पर्याप्त ठाउँ छाडिएको र प्रत्येक कक्षा कोठाको बाहिर आवागनमा लागि उस्तै गरी धेरै ठाउँ राखिएको छ । रानाभाटले भन्नुभयो, ‘वातावरणीय प्रदुषणबाट मुक्त नितान्त कोलाहलरहित वातावरणमा हामीले शिक्षा प्रदान गर्नेछौं ।’

त्यतिमात्र कहाँ हो र ? हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भ¥याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वास्थ्यकर्मी पनि रहनेछन् ।

आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङ्को समेत व्यवस्था छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक चिनु रानाभाट बताउनुहुन्छ । फिस्टेलमा यसै वर्षबाट साइन्समा ११÷१२ को कक्षासमेत सञ्चालन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग