सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

राष्ट्र न्यूज सम्वाददाता
जेठ ११, २०७८
mobile 2

काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल  आयातमा  देखिएको  छ।  भन्सार  विभागका अनुसार  चालू  आर्थिक  २०७७÷७८  को  वैशाखसम्म  नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ।

तथ्याङ्कअनुसार  १०  महिनाको  अवधिमा  मात्रै  नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल  आयात  गरेको  छ।  मोबाइल  आयातबाटै  नेपालले पाँच  अर्ब  रुपियाँभन्दा  बढी  भन्सार  राजस्व  प्राप्त  गरेको  छ। जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो।

तुलनात्मक  रूपमा  यसअघि  आव  २०७४÷७५ को  वैशाखसम्म  सबैभन्दा  धेरै  २१  अर्ब १७    करोड    रुपियाँको मोबाइल  आयात  भएको तथ्याङ्क    छ।    चालू आवमा    भने    मोबाइल आयातको   यसअघिको सबै रेकर्ड तोडिएको हो।

जेठ ११ गते मङ्गलबार गोरखापत्र दैनिकमा प्रकाशित समाचारबाट साभार ।

Related News

सम्बन्धित समाचार

  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…
  • बर्ड फ्लुको उच्च जोखिम

    राष्ट्र न्यूज सम्वाददाता फागुन १४, २०७७
    छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध…

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग