बाँके, २४ जेठ (रासस) । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २०० परेको अक्सिमिटर रु तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।
खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ ।
अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives