पोखरा, ६ असार । नेपाल परिवार नियोजन संघ कास्कीले कोरोना माहामारीका कारण संकटमा परेका पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
एचआईभी संक्रमित र प्रभावित अति बिपन्न परिवारलाई चामल, तेल, दाल, नुन, चना, सोयाविन लगायतको खाद्यान्न सहयोग गरेको हो ।
संघमा आइतबार आयोजित कार्यक्रममा सभापति निरञ्जन प्रसाद श्रेष्ठले खाद्यान्न हस्तान्तरण गर्नुभएको उपसभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
शाखाका निमित्त प्रवन्धक नवराज तिवारीका अनुसार, केयर एण्ड सपोर्ट कार्यक्रम अन्तर्गत एनएपी प्लस एनसँगको सहकार्यमा सहयोग गरिएको हो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives