कास्की, ७ असार (रासस) । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives