काठमाडौँ, २३ असार (रासस) । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ ।
पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives