एचआईभी संक्रमितलाई पोखरा लेडीको सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार २६, २०७८
photo

पोखरा, २६ असार । पोखरा लेडी जेसीसले पोखरामा एचआईभी संक्रमितलाई अत्यावश्यक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता शर्मा(कमला) सापकोटाले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा सचिव चन्द्रावती वाग्ले,पोखरा लेडी जेसीसका वर्ष २००७ का अध्यक्ष मिना कुवँर श्रेष्ठ,महिला मञ्चका अध्यक्ष मुना शेरचन लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै