लायन्स क्लब हेमजाद्धारा वृक्षारोपण

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०७८
212760066_959681014868403_8666147704548129292_n

पोखरा, २७ असार । लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्राड्डणमा वृक्षारोपण गरेको छ ।

लियो क्लब अफ हेमजाको व्यवस्थापनमा भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिबुटीका बिरुवा रोपेको हो ।

कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन जिवन गोर्खालीले रोपेका बिरुवाको संरक्षणको खाँचो रहेको बताउनुभयो ।

लायन्स क्लब हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तीर्थ बहादुर थापा, पूर्व अध्यक्ष राजेन्द्र बहादुर सापकोटा, पूर्व अध्यक्ष मोतिराज तिमिल्सिना, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, लियोका जोन निर्देशक विष्णु प्रसाद दाहाल विद्यालयका शिक्षक मिन बहादुर थापा पराजुली, जोन १७ का मिडिया कोअर्डिनेटर प्रकाशचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ, सचिव सन्तमान श्रेष्ठले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार