कास्कीका लागि ३६ हजार मात्रा भेरोसिल खोप, आजदेखि लगाइदै

राष्ट्र न्यूज सम्वाददाता
असार ३०, २०७८
corona khop

पोखरा, ३० असार । कास्कीमा कोभिड विरुद्वको खोप लगाइदै छ ।

कास्कीका लागि ३६ हजार मात्रा भेरोसिल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

प्रमुख आचार्यले सबै स्थानीय तहका वडास्तरमा खोप केन्द्र तोकिएकाले सम्वन्धित स्थानीय तहको सूचनाका अनुसार खोप केन्द्रमा गई स्वास्थ्य मापदण्ड पालना गरी खोप लिन अनुरोध गर्नुभएको छ ।

पोखराका शहरी क्षेत्रसहित रुपा र अन्नपूर्ण गाउँपालिकामा आज र भोली खोप लगाइदै छ । मादी र माछापुच्छ«े गाउँपालिकामा भने भोलीदेखि खोप लगाइने छ । यसपटकको लक्षित समूहलाई खोप लगाउँन करीब एक हप्ता समय लाग्ने अनुमान गरिएको छ ।

५५ वर्ष र सो उमेर माथिका खोप लगाउन बाँकी सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई यसपटक खोप दिइने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives