पोखरा, १ साउन । कास्कीमा आन्दोलनरत शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
माग बारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गर्न मुख्यमन्त्री कार्यालयमा पुग्नु भएका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिक्षकहरु विहान १० देखि १ बजेसम्म मुख्यमन्त्री कार्यालय अघि धर्ना दिन पुग्नुभएको थियो । धर्ना शुरु गरेको ५० मिनेट पछि प्रहरीले पक्राउ गरेको शिक्षक कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
‘सरकारको काम रोक आन्दोलन थिएन, शान्तिपूर्ण रुपमा धर्ना दिएर सरकारलाई माग बारे ध्यानाकर्षण गराउँन गएका थियौं, नेपाल शिक्षक संघ गण्डकी अध्यक्ष शिरोमणि लामिछानेले भन्नुभयो – तर निषेधित क्षेत्र भन्दै एकाएक हामीलाई पक्राउ गरियो, पक्राउको घोर भत्सर्ना गर्दछौं । पक्राउ गरिएका ३२ जना शिक्षकलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।’
नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कास्कीको अगुवाईमा विगत केही समयदेखि शिक्षकहरु आन्दोलित हुनुहुन्छ । यसअघि शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीमा धर्ना दिइएको थियो ।
बजेटमा शिक्षकलाई गरिएको विभेद अन्त्य गर्न र शिक्षा सेवा आयोगलाई पूर्णता दिनुपर्ने लगायतका माग राख्दै शिक्षकहरु आन्दोलित हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो