कांग्रेसको प्रतिनिधि पात्र हुँ,व्यक्तिगत स्वार्थ त्यागेर कांग्रेसको शिर उचो बनाउँछु – श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २२, २०७८
IMG20210805093320

पोखरा, २२ साउन । नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई बधाई दिदै सम्मान गरेको छ ।

सम्पर्क समितिको तर्फबाट अध्यक्ष पवन नेपाललगायत अन्य सदस्यहरुले दोसल्ला र मायाको चिनोले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा रहेको बताउनुभयो ।

आफू नेविसंघ मार्फत राजनीतिमा प्रवेश गर्दै गर्दा शिक्षामा भएका कमीकमजोरीको बारेमा जानकारी भएको बताउँदै शिक्षा लाई मुख्य भागमा राखेर शिक्षालाई गुणस्तरीय र शिक्षालाई व्यवसायीक बनाउनुपर्ने उल्लेख गर्नुभयो । ।

आफू नेपाली कांग्रेसको प्रतिनिधि पात्र मात्रै भएको भन्दै उहाँले आफ्ना व्यक्तिगत स्वार्थलाई त्यागेर कांग्रेसको शिर उचो बनाउने प्रण गर्नुभयो ।
प्रदेशका जनताले अपेक्षा गरेका कामहरुलाई एक इन्च पनि कम हुन नदिने बताउँदै उहाँले प्रदेशको विकासमा अग्रसर रहेर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसी रेग्मी, संविधान सभा सदस्य राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, सुजन गहतराज, निहाक पौड्याल र विष्णु खनाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

समितिका अध्यक्ष पवन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिलक पौडेलले स्वागत र सचिव ध्रुव पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै