लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा अधिकारी र तिमिल्सिना

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २२, २०७८
Tanka N sarita

पोखरा, २२ साउन । गण्डकी प्रदेश सरकार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा पोखराका दुई जना पत्रकार मनोनयन हुनु भएको छ ।

मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना र टंकराज अधिकारी मनोनयन हुनु भएको हो ।
साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

तिमिल्सिना नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य र पोखरा पोष्ट डट कमकी सम्पादक हुनुहुन्छ भने अधिकारी नेपाल प्रेस युनियनको गण्डकी संयोजक हुनुको साथै नेपाल समाचारपत्रमा आवद्व हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग