घुस लिएको अभियोगमा पक्राउ

रासस
श्रावण २२, २०७८
arrest-generic_650x400_71463458726

काठमाडौँ, २२ साउन (रासस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज पक्राउ गरिएको हो ।

आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग