भगवान् र जनतासँग डर लाग्छ – शर्मा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २५, २०७८
Arba

पोखरा, २५ साउन । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आफूलाई सबैभन्दा बढी डर भगवान् र जनतासँग लाग्ने बताउनु भएको छ ।

‘भगवान्प्रति समर्पित भएर श्रद्वा गर्छु, जनतासँग झुट बोल्दिन उहाँले भन्नुभयो, सके जति गर्छु, झुट बोल्दिन।’ पोखरा महानगरपालिका वडा नं १३ आर्वाका विभिन्न स्थानको अवलोकनपछि उहाँले त्यहाँको अवस्थालाई आफ्नो मनमा कैद गरेर फर्केको बताउँदै विकासको लागि प्रयास गर्ने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा उहाँले त्यहाँका धार्मिक मठमन्दिरको दर्शन र बाटोको अवस्था अवलोकन गर्नुभएको थियो ।

मन्त्री शर्माले आर्बाको आहाडिहिस्थित नवदुर्गा मन्दिर, राम मन्दिर, लक्ष्मी नारायण मन्दिर, महाप्रमु धाम, मणिदीपस्थित नागेश्वर शिव मन्दिर, महाकाली मन्दिरको अवलोकन र दर्शन गर्नुभएको थियो । उहाँले महाप्रभु धामलाई धार्मिक पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने औल्याउनुभयो ।

महाप्रभु धाम व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बराल र नेपाली काँग्रेस पोखरा महानगरपालिका – १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले मठमन्दिर र आर्बाको अवस्था बारे जानकारी दिनुभएको थियो । नागेश्वर शिव मन्दिर, नवदुर्गा मन्दिर र महाप्रभु धाममा स्थानीयले मन्त्री शर्मालाई स्वागत गर्नुभएको थियो ।

नागेश्वर शिव मन्दिर व्यवस्थापन समितिले गरेको कार्यक्रममा अध्यक्ष नर बहादुर बराल, पूर्व सचिव युवराज बराल र सल्लाहकार राजेन्द्र प्रसाद बरालले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै