पोखरा, ३२ साउन । पोखरा महानगरपालिका वडा नंं. २५ बास्तोला कुल मन्दिर परिषरमा सोमबार वृक्षारोपण गरिएको छ ।
लायन्स क्लब अफ पोखरा लालिगुँरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुँरासको आयोजनामा वृक्षारोपण गरिएको हो ।
त्यस अवसरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका बिरुवा रोपिएको लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै रिजन चेयरपर्सन जिवन गोर्खालीले रोपेका बिरुवाको संरक्षण भएमा मात्रै लक्ष्य प्राप्त हुने बताउनुभयो ।
जोन चेयरपर्सन केशवशरण पौडेलले वातवरण स्वच्छ र हरियाली बनाउने काम वृक्षरोपणले गर्ने बताउनुभयो ।
बास्तोला कुल सेवा समितिका अध्यक्ष राजेन्द्रप्रसाद बास्तोलाले रोपेको बिरुवाको संरक्षण गर्न समिति सधै लागि पर्ने विश्वास दिलाउनुभयो ।
लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष मिनराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा सेतोगुँरासका अध्यक्ष वसन्तराज बास्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्धितीय उपाध्यक्ष विकास पुडासैनीले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives