मान्म, १ भदौ (रासस) । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ ।
सङ्क्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा सङ्क्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् ।
जिल्लामा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभो ।
“विगतमा शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर अहिले बढिरहेको छ,” उहाँले भन्नुभयो, “केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना सङ्क्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।”
जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड–१९ का आइसोलेशन कोभिड–१९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड–१९ सङ्क्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताउनुभयो ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
“कोभिड–१९ को सङ्क्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,” उहाँले भन्नुभयो, “कोभिड–१९ को नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।”
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives