पोखरा,३ भदौ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निःशुल्क रुपमा पढाउने भएको छ ।
पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो ।
महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।
तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदनदिएपछि एसइई र कक्षा ८ को नतिको आधारमा छात्रा छनोट गरिने छ ।
महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।
वडा नम्बर १९ ले यो वर्ष एसइई उत्तीर्ण मध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडा नम्बर ३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेलले बताउनुभयो ।
वडा अध्यक्ष शोभामोशन पौडेलका अनुसार वडा भित्रका एसइई उत्तीर्ण मध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो ।
शिक्षालयमा अहिले ८३ जना विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २ सय २० जना सहभागी भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न