पोखरा, ११ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ ।
बिहीबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा लेडिज जेसिजले उदाहरणीय काम गरेको मन्त्री थापाको भनाइ रहेको छ ।
उहाँले सामाजिक सेवा र विकास निर्माणका कार्यमा लेडीज जेसीज लगायतका सामाजिक संस्थासँग साथमा रहेर आफु काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारले गर्नुपर्ने सामाजिक सेवाका कार्य संघसंस्था बाट हुनु सह्रानिय भएको भन्दै मन्त्री थापाले समाजमा भएका विसंगतीहरुका विरुद्ध आवाज उठाउन र महिला सशक्तिकरणका लागि लक्षित हुन आग्रह गर्नुभएको छ ।
जेसीज सप्ताह अन्तर्गत पहिलो दिन भदौ ४ गते “प्रभावकारी भाषण कला तालिम” सम्पन्न भएको थियो । यस्तै दोस्रो दिन भदौ ५ गते “विद्यालय स्तरीय वतृत्वकला कार्यक्रम”, तेस्रो दिन भदौ ६ गते “बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामाग्री वितरण कार्यक्रम”, चौथो दिन भदौ ७ गते “सकरात्मक सोच एवं जीवन परिवर्तन तालिम”, पाँचौ दिन भदौ ८ गते “खाद्यन्न तथा अति आवश्यक सामाग्री वितरण कार्यक्रम”, छैठौं दिन भदौ ९ गते “मन्टेश्वरी स्तरीय चित्रकला कार्यक्रम” र सातौं दिन भदौ १० गते “मठ मन्दिरमा आवश्यक सामाग्री वितरण तथा समापन कार्यक्रम” गरिएको “जेसीज सप्ताह —२०२१” की मूल संयोजक जेसी लक्ष्मी कुँवर (लता) ले जानकारी गराउनुभयो ।
वि.स २०४६ साल असार ५ गते महिलाहरुलाई व्यत्तित्व र नेतृत्व विकासमा अग्रसर बनाउनुपर्छ भन्ने उद्देश्य स्वरुप जेसीआई पोखरा लेडीको स्थापना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives