काँग्रेस पोखरा महानगरको नेतृत्वका लागि वास्तोलाद्वारा उम्मेद्वारी घोषणा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २१, २०७८
press Meet

पोखरा, २१ भदौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरपालिकाको सभापति पदको लागि पोखरा ११ फूलबारीका मोहन प्रसाद बास्तोलाले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

पोखरामा सोमबार पत्रकार सम्मेलन गरी आफ्नो वडाका क्षेत्रीय प्रतिनिधिको उपस्थितिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

उहाँ हाल पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका पुगेपछि उहाँले विकास समिति संयोजक र वातावरण तथा विपद् व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्नुभएको छ ।

उहाँले आउँदो निर्वाचनमा कास्कीमा काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि भएर काम गर्दा बटुलेका अनुभव उपयोग गर्न पार्टीको नेतृत्वमा पुगेर जनताको सेवा गर्न चाहेको उल्लेख गर्नुभयो ।

महानगरपालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काँग्रेस आगामी चुनावमा पहिलो पार्टी भएर महानगरपालिकमा प्रवेश गर्नै पर्ने उहाँको भनाइ छ ।

‘पोखराका ३३ वटा वडामा पुगेर त्यहाँको आवश्यकता र समस्या बुझेको छु, उहाँले भन्नुभयो, जसका कारण पार्टीको नेतृत्वमा रहेर काम गर्न अरुलाई भन्दा मलाई सजिलो छ ।’ उहाँले आफू कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको स्पष्ट पार्नुभयो ।

उहाँले वडा अध्यक्ष हुँदा पार्क निमार्ण, मठ मन्दिर तथा क्रियापुत्री भवन निर्माण तथा संरक्षणलाई विशेष जोड दिएको बताउनुभयो ।

नेपाली काँग्रेस पोखरा ११ का सभापति हरि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्य क्रम सचिव सूर्य घिमिरेले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै