काँग्रेसको गुमेको साख फिर्ता ल्याउँछु ः पराजुली

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २६, २०७८
gangadhar

पोखरा २६, भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापतिमा गंगाधर पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो।

पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले त्यसलाई सुधार गर्नको लागि आफूले उमेद्वारी दिएको बताउनुभयो।

‘म १२ औं अधिवेशनमा जिल्ला सचिवको उमेदवार थिए, सबैले सहयोग गर्दा पनि पराजित बन्न पुगे, अहिले म जिल्लामा नेतृत्व भूमिकामा देखिनुपर्ने थियो तर पोखरा महानगरमा देखिएका विकृति, विसंगति र वेथितिलाई सुधार गर्नको महानगर सभापतिमा उमेद्वार दिएको हु, उहाँले भन्नुभयो– लामो समय पत्रकारिता गर्दा धेरैजनालाई पत्रकारिता सिकाएको म सँग अनुभव छ, अब म काँग्रेसमा आवद्ध क्रियशिल सदस्यदेखि नेतृत्व गर्ने युवाहरुलाई प्रशिक्षण गराउँछु।’

नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हुँदा समेत महानगरमा भएका अनियमितता, भ्रष्टचारका विषयमा खुलेर बोल्न नसकेको भन्दै त्यस्ता विषयमा खुलेर वकालत गर्ने उल्लेख गर्नुभयो ।

सभापतिका उम्मेदवार पराजुलीले काँग्रेसलाई बलियो र मजवुद बनाउनको लागि भातृसंगठन गठन गरि चलायमान बनाउने, महानगरवासीको अभिलेख राख्ने सफ्टवयरको विकास गर्ने, तल्लो निकाय एवम् वडा इकाइ र सभापतिहरुलाई प्रशिक्षण गर्ने, समय समयमा छलफल गरी विद्यान बमोजिम काम सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

नेपाली काँग्रेसको गुमेको साख फिर्ता ल्याउने, अन्याय अत्याचारसँग लड्न सक्ने कांग्रेस बनाउने सोंचका साथ अगाडि बढेको पराजुलीले स्पष्ट पार्नुभयो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै