गण्डकी, २८ भदौ (रासस) । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives