पोखरा, २१ असोज । नेपाल सरकार, एनटिवि, टान र युएनडिपि को सहयोगमा पैदल पदमार्गको सरसफाइ एवं मर्मत कार्य शुरु भएको छ ।
जिविकोपार्जन र अल्पकालीन रोजगार कार्यक्रम अन्तर्गत १० दिनसम्म हेमजा अस्ताम मर्दी हिमाल पदमार्गको अस्ताम खण्ड सरसफाइ र मर्मत गरिने छ ।
सो कार्यका लागि खटिएका १५ जना पर्यटन मजदुरहरुलाई खतक सहित हेमजा अस्ताम मर्दी हिमाल पदमार्ग समितिको तर्फबाट इको भिलेज अस्ताममा स्वागत गरिएको छ ।
कार्यक्रमा माछापूच्छ«े गाउँपालिका वडा नं.६ का वडा सदस्य लोकराज अधिकारीले २ वर्ष सम्म ठप्प भएको पर्यटन क्षेत्रको ढोका खुलाउने कार्यक्रमको रुपमा यस अभियानलाई लिएको बताउनुभयो ।
पदमार्ग समितिका अध्यक्ष विश्वराज अधिकारीले मदमार्गका लागि कार्यक्रम निकै उपयोगी रहेको उल्लेख गर्नुभयो ।
टानका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक टानका सदस्य मोहन प्रसाद आचार्य, तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवर, पदमार्ग समितिका सचिव कृष्ण बहादुर कुँवर बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम