पोखरा, २२ असोज । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ ।
गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्ने शिक्षा, संस्कृति, विज्ञानप्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै साक्षर प्रदेश घोषणासँगै गण्डकी प्रदेशको नयाँ पहिचान बन्ने उल्लेख गर्नुभयो ।
प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव विनोद कुँवरले गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको जानकारी दिनुभयो ।
राष्ट्रसंघको विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ ।
सोहि अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति छ ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives